site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फणिन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, शपथ भोलि
फणिन्द्र देवकोटा । फाइल तस्बिर ।

पोखरा । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन् । आइतबार (भोलि) बिहान साढे १० बजे उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।

Dabur Nepal
NIC Asia

नेसपाको सांसद भए पनि उनको संसदीय दल नेकपा (माओवादी केन्द्र) हो । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन् । उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गर्‍यो । र, मन्त्री बनेको तीन दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।

त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो । त्यसयता ऊर्जा मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हालेका छन् ।

माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro