site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : बाबुराम भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन सके देश बन्ने टिप्पणी गरे । नेपाल ऐतिहासिक कारणले पछि परेको भए पनि जैविक, वातावरणीय रूपले पछाडि नरहेको उनले उल्लेख गरे ।

नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैज्ञानिक प्रणालीलाई अपनाउनुपर्नेमा उनले जोड दिए । आन्तरिक लोकतन्त्रलाई पनि मजबुत बनाउन जरुरी रहेको उनले बताए । समावेशी र सहभागितामूलक लोकतन्त्रलाई अझ माथि पुर्‍याउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उनले बताए ।

उक्त कार्यक्रममा बाबुराम भट्टराईको भनाइ पढ्नोस्–
नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रूपले हामी पछाडि परेका छैनौँ । नेपाल समृद्ध बन्न सक्छ । सर्त के हो भने हामीले पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैज्ञानिक विचार, प्रणालीलाई अपनाउनुपर्छ । नेपालको जुन एउटा बहुजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो, यो नेपालको मौलिकता हो भन्ने कुरालाई पनि स्वीकार्नुपर्छ । हाम्रो थुप्रै वामपन्थी भनेको छ, यो छोडिदिऔँ, यो घाँडो भयो, संघीयता छोडिदिऔँ, यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ खुसुक्क मसँग आएर । यथार्थ हेर्ने हो नि, यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ, त्यसलाई अझ उन्नत बनाऔँ । समावेशी र सहभागितामूलक लोकतन्त्रलाई अझ माथि पुर्‍यायौँ । त्यसो हुन सक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro