site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नचम्केका तारामा निर्देशकले उज्यालो भर्न सक्नुपर्छ 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्रको कथा र स्टारडम दुवैमा उत्तिकै पावर हुन्छ । कथा र पात्र दुवैमा स्टारडम हुन्छ । निर्देशक मिन भाम यसै भन्छन् । तर, पात्रको तुलनामा आफूले कथामा ठूलो स्टारडम देख्ने गरेको उनी बताउँछन् । त्यसपछि चरित्र र चरित्र अभिनयलाई उनी हिरो मान्छन् ।

“मेरो नजरमा चलचित्र क्याराभानका थिन्ले हिरो हुन् । भलै, हामीले बनाएको मानकमा उनलाई धेरैले हिरो नमान्लान्,” मिन भन्छन्, “तर, म उनलाई हिरो मान्छु ।”

निर्देशकले ननएक्टरलाई लिएर हिरो बनाउन सक्नुपर्नेमा उनी जोड दिन्छन् । एक्टर भनेको स्टार हो । स्टार भनेको चम्किने चिज हो । मीनको बुझाइ यही हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“निर्देशक अरूले चम्काइसकेका तारामुनि बसेर उज्यालिनु बुद्धिमान होला । तर, त्यहाँ निर्देशकले चुनौती लिएको हुँदैन,” उनी भन्छन्, “व्यक्तिगत कुरा गर्दा म आफू निर्देशकका रूपमा यो चुनौती लिन चाहन्छु ।”

राम्रो एक्टरसँग काम गर्दा सेभ जोनमा रहने सम्भावना बढी हुन्छ । एक्टरलाई लिएर काम गर्दा तीन महिना वर्कसप गरिरहनु पर्दैन, एक महिना नै पर्याप्त हुन्छ । राम्रो एक्टरसँग काम गर्दा ननएक्टरलाई ट्रेन्ड गर्ने समय चलचित्रका अरू काममा लगाउन पाइन्छ । तर, चुनौती लिनुपर्ने मिनको भनाइ छ ।

Global Ime bank

“मलाई पनि कहिलेकाहीँ स्टारसँग काम गरौँ भन्ने लाग्छ । तर, ननएक्टरलाई स्टार बनाउन सकियो भने त्यसले दिने सन्तुष्टि नै बेग्लै हुन्छ । यो निर्देशकीय क्षमता पनि हो,” उनी अगाडि थप्छन्, “सधैँ ननएक्टरलाई स्टार बनाउन सकिँदैन । यो क्यारेक्टरमा पनि भर पर्छ ।”

ननएक्टर थिन्लेबाट ‘क्याराभान’का निर्देशकले जति काम लिए, त्यति एक्टरबाट लिन सकिनेमा मिन शंका व्यक्त गर्छन् । “मैलै उहाँहरूको क्षमतामाथि प्रश्न उठाएको होइन, तर क्याराभानमा नीर शाह अथवा हरिवंश आचार्यबाट पनि सायद थिन्लेबाट जति काम लिन सकिँदैन थियो होला,” उनी भन्छन्, “त्यो पात्रमा देखिइरहेका फेस विश्वसनीय लाग्दैन थियो होला ।”

उनले स्टारपावरमा विश्वासै नगर्ने भने होइन । कहिलेकाहीँ एक्टर नै चाहिने मिन स्वीकार गर्छन् । इमोसनल आर्क निर्माण गर्न ननएक्टरबाट काम लिन नसकिने उनी सुनाउँछन् । यसको भेद निर्देशक स्वयंले छुट्ट्याउनुपर्छ । पात्रको रेन्जले के माग्छ, त्यसमा कस्तो कलाकार लिने निर्धारण निर्देशकले गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

चलेका एक्टरसँग मात्र काम गर्छु भन्नु अतिवाद हुने उनको धारणा छ । उनी स्पष्ट भन्छन्– ननएक्टरसँग मात्र काम गर्छु भन्नु पनि अतिवाद नै हो ।

“समग्रमा आकाशमा चम्किइरहेका ताराहरूको मुनि रहेर उजेलिन चाहने अथवा नचम्केका तारामा उज्यालो भरिदिने भन्ने हो,” मिन भन्छन्, “यो पछिल्लो काम गर्न सकियो भने यसले दिने सन्तुष्टि नै बेग्लै हुन्छ ।” 

अभिनेत्री सुरक्षा पन्त ट्रेन्ड एक्टरबाटै काम लिनुपर्नेमा जोड दिन्छिन् । उनीहरूबाट काम लिन सहज हुने उनको मत छ । यसो गर्दा भइरहेका कलाकार खाली बस्नु नपर्ने उनी बताउँछिन् ।

“यति धेरै प्रोफेसनल रूपमा काम गरिरहेको कलाकार हुनुहुन्छ भने ननएक्टर किन चाहियो ? भएको एक्टर÷एक्ट्रेसले काम पाइरहनुभएको छैन,” सुरक्षा भन्छिन्, “ननएक्टरलाई ल्याएर ट्रेन्ड गराएर काम गर्न कि त्यस्तै जानरा र स्क्रिप्टले नै र व्यक्ति खोज्नुपर्‍यो, होइन भने किन भन्ने प्रश्न गर्न सकिन्छ ।”

नितान्त नयाँ अनुहार चाहिएबाहेकको अवस्थामा ट्रेन्ड कलाकारबाटै काम लिनुपर्ने उनी बताउँछिन् । “फ्रेसका साथै र नयाँ व्यक्ति नै चाहिएको छ भनेर निर्देशकले मेरै क्याम्पेनमा राखेर काम गराउँछु भन्ने सोच राख्नुभएको छ भने अर्कै पक्ष हो,” सुरक्षा भन्छिन्, “होइन भने हामी यही विषय पढेर, मिहिनेत गरेर, ट्रेनिङ लिएर, आफूलाई मेन्टेन गरेर काम गरिरहेका छौँ भने ननएक्टरलाई काम गराउनुको म औचित्य देख्दिनँ ।”

जुन समुदाय र क्षेत्रको कथा हो, त्यहीँका कलाकार लिनुपर्छ भन्ने मान्यता आफ्नो नरहेको उनी सुनाउँछिन् । कुनै भूगोल र समुदायको कथामा ट्रेन्ड एक्टर रूपान्तरण हुन सक्ने भएकाले ननएक्टर नै चाहिन्छ भन्ने पक्षमा उनी छैनन् ।

“एक्टरको जब नै विभिन्न चरित्रमा ट्रान्सफर्म हुने हो । एक्टरहरूले पनि मिहिनेत गरेर क्राफ्ट तयार पार्नुभएको छ । यसैलाई प्रोफेसन बनाउनुभएको छ भने सकेसम्म उहाँहरूलाई नै एक्टिङ गराउनुपर्छ,” सुरक्षा प्रस्ट पार्छिन् । ननएक्टरलाई रेयर अवस्थामा मात्र लिनुपर्ने उनको धारणा छ ।

ननएक्टर लिनुलाई नै चुनौती भन्न मिल्दैन । कतिपय निर्देशकले ननएक्टरसँग झनै सहजै काम गर्न सक्ने उनी बताउँछिन् । ननएक्टरसँग काम लिन सक्ने क्षमता निर्देशकमा हुन्छ । उनी भन्छिन्, “जे भने पनि मान्ने र काँचो माटोजस्तै भएकाले मोडीफाई गर्न सजिलो हुन्छ ।”

कुनै सिनेमा जहाँ रनेस आवश्यक छ, त्यस्तो अवस्थामा कन्फिडेन्स भएको निर्देशकले देखेको अनुहार ल्याएर काम गर्न सक्ने सुरक्षा बताउँछिन् ।

निर्देशक मनोज पण्डित ननएक्टरलाई खेलाउँदैमा चलचित्र राम्रो र देखिइरहेको कलाकारलाई अभिनय गराउँदैमा नराम्रो हुने भन्ने नहुने बताउँछन् । पात्र कस्तो लेखिन्छ भन्नेले अर्थ राख्ने उनी स्पष्ट पार्छन् ।

“सिनेमालाई व्यवसाय मात्र सोच्ने व्यक्तिले राम्रो व्यावसायिक मान्छे वा समूहसँग नै काम गर्छ । धेरै काम एकैखालको गरियो अब त्योभन्दा बाहिर गएर काम गर्नुपर्छ भनेर काम गर्नु पनि नराम्रो होइन,” मनोज भन्छन् ।

पात्रले कस्तो कलाकार माग्छ, त्यो महत्त्वपूर्ण हो । कुशल निर्देशक र राम्रो कथा भए ट्रेन्ड एक्टरबाट पनि काम लिन सकिने उनको बुझाइ छ । “भारतमै केही समयअगाडि मात्र आएको ‘लापता लेडिज’मा पनि ट्रेन्ड एक्टर नै छन्,” उनी भन्छन्, “त्यसैले ननएक्टर चाहिन्छ अथवा ननएक्टरलाई लिँदैमा चलचित्र राम्रो बन्छ भन्ने होइन ।”

ननएक्टरसँग काम नगर्दैमा सिनेमाको सिर्जनात्मक पक्ष मर्‍यो भन्न मिल्दैन । तर, पात्रानुसार सोच्न सकिने उनी बताउँछन् । नेपालमा बेलाबेला बालकलाकार र साइड क्यारेक्टरमा ननएक्टरलाई खेलाउने चलन छ ।

एक वर्षअघिको ‘ऐना झ्याल’को पुतलीमा अधिकांश मुख्य कलाकार ननएक्टर थिए । हालैको ‘गाउँ आएको बाटो’मा बालकलाकार पनि ननएक्टर नै थिए । अरू स–साना भूमिकामा समेत ननएक्टरलाई खेलाउने चलन छ । तर, प्राइमरी प्रोटागोनिस्ट र एन्टागोनिस्ट सकेसम्म ट्रेन्ड एक्टर नै हुन्छन् ।

“ननएक्टर नलिँदैमा सिनेमा बिग्रियो त म भन्दिनँ, तर कसैले मुख्य एन्टागोनिस्ट र प्रोटागोनिस्ट नै ननएक्टरबाट लिएर राम्रो चलचित्र बनाउँछ भने त्यो दर्शक र चलचित्र उद्योगका लागि राम्रो उपहार नै हो,” मनोज भन्छन्, “यो वैकल्पिक प्रणाली हो । कसैसँग यस्तो आँट छ भने यसलाई स्वागत गर्नैपर्छ ।”

उनको बुझाइमा, वर्तमानको मुख्य समस्या चलचित्रका पात्र नै टाइपकास्ट हुनु हो । पात्रै एकखालका लेखिनुचाहिँ मुख्य समस्या भएको उनको मूल्यांकन छ ।

“अहिले कथामा एउटै अनुहार र उस्तै चरित्र लेखिएका छन्, समस्या यहाँ छ,” मनोज अगाडि थप्छन्, “कथाका हिसाबले ननएक्टरको कथा लेखिनुपर्छ । स्थापित ब्लकमा बसेर लेख्नेदेखि बाहिर कथा गएनन् । त्यसैले चरित्र दोहोरिएका हुन् ।”

ननएक्टरको भाव कथा र चरित्रमा देखिनुपर्छ । अहिले रियालिजम स्थापित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

ट्रेन्ड एक्टरले काम गरे पनि ननएक्टरले झैँ चरित्र निभाएको देखिनेखालको स्क्रिप्ट लेख्न सक्नुपर्नेमा उनी जोड दिन्छन् । त्यसो हुन नसकेको मनोज टिप्पणी गर्छन् । “सिनेमाको पात्र नै त्यस्तो हुनुपर्‍यो, जुन हेर्दा ननएक्टरले काम गरेको झैँ देखियोस्,” उनी भन्छन्, “त्यसैले हामीलाई ननएक्टरको आवश्कता होइन, ननएक्टरले काम गरेजस्तो देखिने चरित्रको हो ।” चरित्र राम्रो भए ट्रेन्ड एक्टरबाटै चाहेजस्तो काम लिन सकिने उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय