राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठकले बोलाएको छ ।
असार १९ गते बुधबार बिहान ८ बजेका निम्ति बोलाइएको बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुनेछ ।
बैठक पार्टीको केन्द्रीय कार्यलय वनस्थलीमा बस्ने तय भएको छ ।
बुधबारमात्र रास्वपाका महामन्त्री मुकुल ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ २१:१७
प्रतिक्रिया दिनुहोस्