site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुन्डाईको नयाँ ईभी इन्स्टर सार्वजनिक, कस्तो छ गाडी ?

काठमाडौं । दक्षिण कोरियाली अटो ब्रान्ड हुन्डाई मोटरले नयाँ विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ । हुन्डाई मोटर कम्पनीले बिहीबार बुसान इन्टरनेसनल मोबिलिटी सोमा ए–सेगमेन्टको सब–कम्प्याक्ट ईभी इन्स्टर१ सार्वजनिक गरेको हो ।

यो गाडी स्ट्यान्डर्ड ११४ किलोमिटर प्रतिघण्टाको अधिकतम गति र लङ रेन्ज १५० किलोमिटर प्रतिघन्टाको अधिकतम गति गरी दुई भेरियन्टमा उपलब्ध छ । जुन ४२ किलोवाटआवर र ४९ किलोवाटआवर ब्याट्री विकल्पमा उपलब्ध छन् । स्ट्यान्डर्डमा ७१.१ किलोवाट र लङ रेन्जमा ८४.५ किलोवाट क्षमताको मोटर छ ।

स्ट्यान्डर्ड भेरियन्टले ३०० किलोमिटर र लङ रेन्जले ३५५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । एसी चार्जरबाट स्ट्यान्डर्ड भेरियन्टको गाडी ४ घन्टामा र लङ रेन्ज ४ घन्टा ३५ मिनेटमा फुलचार्ज हुन्छ । फास्ट चार्जरबाट भने ३० मिनेटमै १० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।

कोरियामा बिहीबार सार्वजनिक भएको गाडी नेपालमा कहिले भित्रिन्छ भन्ने जानकारी भने आधिकारीक वितरक लक्ष्मी इन्टरनकन्टिनेन्टलले जानकारी दिइसकेको छैन ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro