site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत फिर्ता बोलाउने कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घट्यो : एनपी साउद
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद एनपी साउदले अनाहकमा ११ जना राजदूत फिर्ता बोलाइएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजदूत फिर्ताको कारण राजनीति नियुक्ति भएको भनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफप्रति पनि आपत्ति जनाए । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले यस्ता घटनाले कुटनीतिक र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत घटेको उल्लेख गरेको बताए ।  

“नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने यही बेला ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

रास्वपालक्षित प्रतिकृया दिँदै राजनीतिक दलले एनजीओमा छनोट गरेजस्तो राजदूत छनोटको विषय बनाएको उनले बताए । “एनजीओमा छनोट गरेको विषय बनाएर सूचना र विज्ञापन निकालेर दलले विज्ञापन निकालेर राजदूत खोज्दछ । यसले विश्वमा प्रतिष्ठामा आँच पुगेको छ,” उनले भने । 

उनले चीनका उपविदेशमन्त्रीको नेपाल भ्रमण र बीआरआई सम्झौताको विषयमा पनि कुरा उठाए । बीआरआईमा गर्ने सम्झौताको विषय प्रतिपक्षसँग छलफल नभएकोमा पनि उनले आपत्ति जनाए । 

“प्रमज्यूले भन्नुभएको छ, एडीबी, वल्र्ड बैंककै ब्याजदरमा लोन लिन्छौँ भन्नुभएको छ । त्यो बाटोमा अघि बढेको छ कि छैन । त्यसकारण हाउसलाई विश्वासमा लिनुपर्ने आवश्यक्ता हामीले देखेका छौँ,” उनले भने, “राष्ट्रिय सहमति भएर अघि बढ्नुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro