site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीले सांसद पर्खनुपर्दा...
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्य निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएकी थिइन् ।

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित  ६ सांसद मात्र उपस्थित भएपछि बैठक सुरु हुन सकेन । यस दिन समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल गर्ने कार्यसूची थियो ।

बिहान १०ः३० बजेपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरूको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गरे ।

“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाऊँ भन्ने सोचेको हो, तर सोचेजस्तो भइरहेको छैन,’’ सभापति थापाले भने, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’

समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका निम्ति कुलपति प्रधानमन्त्री राख्ने÷नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्नेलगायत विवाद भएको थियो । त्यसबारे आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिइएको छ । राष्ट्रियसभाबाट पारित उक्त विधेयकको दफा २८ सम्म छलफल गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro