site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार विवाद : सर्वोच्चमा बहस सकियो, आजै फैसला आउने सम्भावना 

काठमाडौं । कोसी प्रदेश सरकार विवादमा परेको रिटमाथिको बहस सकिएको छ । सोमबार नै प्रतिवादी हिक्मतकुमार कार्कीका तर्फबाट बहस सकिए पनि अन्तिममा कोसी प्रदेशमा एमाले सांसद समेत रहका रेवती रमणले समय मागेका थिए । 

मंगलबारको सुनुवाइमा पहिलो बहस भण्डारीले गरेपछि प्रतिवादीतर्फको बहस सकिएको हो । प्रतिवादीको बहस सकिएसँग उनीहरूले उठाएका प्रश्नमा रिटकर्ता तत्कालीन मुख्यमन्त्री केदार कार्कीका तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस वरिष्ठ अधिवक्ताहरू बद्रिबहादुर कार्की, हरिहर दाहाल, गोपालकृष्ण घिमिरे र अधिवक्ता ललित बस्नेतले गरेका थिए । 

बहस सकिएपछि दुवै पक्षका अधिवक्ताहरूले सर्वोच्चको पूर्ण इजलासमा फैसला कहिले हुन्छ भन्दै न्यायाधीशहरूलाई प्रश्न गरेका थिए । न्यायाधीशहरूले हामी भित्र गएर निर्णय गर्छाैँ मात्र भनेको अधिवक्ता बस्नेतले जानकारी दिए । 

गत वैशाखमा सरकार परिवर्तन पछि परेको रिट जेठ ३१ यता सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro