site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्त्रीले टेरेनन् भन्ने आफूलाई परेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले टेरेनन् भन्ने आफूलाई नपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले परम्परागत शैलीलाई बदल्न नसकिएको बताए । 

माओवादीका सांसद अमनलाल मोदीले मन्त्रीले टेरेनन् भन्ने समाचार आएको भन्दै नटेर्ने मन्त्री बर्खास्त हुन्छन कि हुँदैनन् भनि सोधेको थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, “मन्त्री र प्रधानमन्त्रीको सम्बन्ध माननीय सदस्यहरूले जसरी राख्नुभएको छ । असमझदारीको कारणले चाहिँ होइन । हाम्रो काम गर्ने परम्परागत शैली र विधिविधानलाई बदल्न नसकिएको हो ।”

उनले मन्त्रीहरूको बाध्यता आफू नजिकबाट नियालेको बताए । बजेट विनियोजनमा तीन करोडभन्दा साना आयोजना संघले नहर्ने भनिए पनि मन्त्रीहरूले सो विषयमा ध्यान नपुर्‍याएको गुनासो केही अघि प्रधानमन्त्रीले गरेका थिए । 

“प्रधानमन्त्रीको रूपमा मैले भनेको मन्त्रीले टेरेनन् भन्ने परेको छैन । मन्त्रीको आफ्नै बाध्यता नजिकबाट हेरेको छु । तीन करोडभन्दा साना आयोजना अब संघले नगर्ने भन्ने कुरा पटक–पटक भनेको छु । तर, परे । यसलाई के गरी करेक्सन गर्नेभन्दा तीन करोडभन्दा तलका प्रदेश र स्थानीय तहले कार्यान्वयनको जिम्मा दिने गरी व्यवस्था गर्ने भनेको छु ।” 

उनले त्यसैगरी कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro