site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तकोसीको चतारामा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ । चतारा र त्यसआसपासको क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काइ र अमरमनीविर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको छ । 

उक्त क्षेत्र आसपास भइ बहने बिरिङ खोला र निन्दा खोलामा जलसतह बढेको छ । थप वर्षा हुने सम्भावना रहेकाले बिरिङ खोला, निन्दा खोला, चिन्स्याङ खोला, स्यौती खोला र अन्य स–साना खोलाहरूमा जलसतह केही बढ्नसक्ने विभागले जनाएको छ । 

त्यसैले तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro