site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकसिंगे गैँडाको खाग खरिद–बिक्रीको अभियोगमा नौविरुद्ध मुद्दा
Tiktok banner adTiktok banner ad

चितवन । संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद–बिक्री गरेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले नौजनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ का ३३ वर्षीय बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाट नगरपालिका–८ का ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ का ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री छन् ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–७ का २८ वर्षीय कमल राना, जैमिनी–१० का ३८ वर्षीय नगेन्द्र थापा, जैमिनी–९ का ३६ वर्षीय खड्कबहादुर थापा र स्याङ्जाको भीरकोट नगरपालिका–९ घर भई बुटवल–४ मा बस्दै आएका ४७ वर्षीय कुलबहादुर बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार, गएको वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिंगे गैँडाको खाग खरिद–बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका थिए ।

तिवारीका अनुसार, प्रतिवादीमध्ये सन्तबहादुर भनिने पंकज कुमाललाई यसअघि पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद सजाय भएको थियो । ५० हजार रुपैयाँ जरिवाना तिरेर उनी ६ वर्षअघि छुटेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ)अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro