site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा १८औँ लोकसभाको पहिलो सत्र आजदेखि
तस्बिर : एएनआई ।

नयाँ दिल्ली । भारतमा १८औँ लोकसभाको पहिलो सत्र आज (सोमबार)देखि सुरु हुँदै छ । सत्रको सुरुमा नयाँ सांसदलाई शपथ दिलाइनेछ । सबैभन्दा महत्त्वपूर्ण लोकसभा अध्यक्षको निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।

भाजपाका सांसद ओम बिरला १७औँ लोकसभाका अध्यक्ष थिए । पहिलाको अध्यक्षको कार्यकाल नयाँ लोकसभाको पहिलो सत्रसम्म मात्र हुने गरेको छ ।

१८औँ लोकसभाको कारबाही सुरु हुनासाथ ज्येष्ठ सदस्यले अल्पकालीन सभामुखको भूमिकामा काम गर्छन् । यसपालि नयाँ सांसदलाई भाजपाका भतृहरि महताबले शपथ दिलाउनेछन् ।

भारतको संविधानको धारा ९३ अनुसार लोकसभा अध्यक्षको निर्वाचन गरिन्छ । लोकसभामा उपस्थित आधाभन्दा बढी सांसदले जसलाई मत दिन्छन्, तिनै व्यक्ति उक्त पदमा नियुक्त हुने व्यवस्था छ ।

स्वतन्त्र भारतको इतिहासमा लोकसभा अध्यक्ष सर्वसम्मत रूपमा चयन हुँदै आएका छन् । भारतमा विपक्षीलाई उपसभामुख पद दिने गरिए पनि यसपालि के हुन्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro