site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अध्यक्ष दाहालले रुलिङ गरेका हुन् । 

उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भए पनि चासो नदेखाएको बताए । अध्यक्ष दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । 

“आकस्मिक समय, शून्य समयलगायत जुन समयमा माननीय सदस्यहरूले विषय उठाउनु हुन्छ, ती विषयहरु सधैँजसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौँ । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,” अध्यक्ष दाहालले भने । 

आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro