site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट पुस्तिका सदनमै च्यात्नुपर्ने कारण संसद्ले खोजी गर्नुपर्दैन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष, राजेन्द्र लिंगदेन, एक शालीन व्यक्तित्व भएका प्रतिनिधिसभाका सदस्य हुन् । उनका विचार र दृष्टिकोण कहिल्यै अराजक र उत्तेजनात्मक देखिँदैनथ्यो ।

जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा बोल्न रोष्ट्रममा पुगे, तब त्यो मन्त्रालयले शक्तिशाली दुई नेताका निर्वाचन क्षेत्रमा बजेटको ठूलो हिस्सा केन्द्रित भएको देखेपछि पुस्तिका च्यात्न पुगे । 

हुन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ शक्तिशाली नेता केपी शर्मा ओली, अर्थमन्त्री र भौतिक योजना मन्त्रीकै निर्वाचन क्षेत्रमा बढी विकास बजेट पुगेपछि आक्रोश उत्पन्न पैदा हुनु सामान्य हो ।  यसले अर्काे के देखाउँछ भने हाम्रा शीर्षस्थ भनिएका नेताहरू पनि निर्वाचन क्षेत्रमुखी नेता मात्रै हुन् । यिनीहरुको सोच र व्यवहार अझै राष्ट्रिय नेतासमेत हुन लायक देखिँदैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले समग्र कर्णालीलाई भन्दा बढी बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा राखेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । सत्तापक्ष र अरु दलका सदस्यहरूले पनि बजेट विकासमुखी र समन्यायिक नभएको भनी आलोचना गरेका छन् ।

अरु मन्त्रालयका पनि बजेट र कार्यक्रमको अवस्था यस्तै होला । असन्तुलित बजेट मन्त्रालयबाट प्रस्तुत हुनु दुर्भाग्यपूर्ण हो । यसले राष्ट्रिय विकासका प्राथमिकता पनि बिर्सेको देखिन्छ । सँगै समग्र जनताका मागलाई पनि बेवास्ता गरेको देखिन्छ ।

यस्तो बजेटलाई निरंकुश र तानाशाही प्रवृत्तिको बजेट भन्दा अत्युक्ति हुँदैन । विकासका दृटिकोणले देश र जनतापछाडि पर्नुका एउटा कारण यही प्रवृत्तिको निरन्तरता हो । यो प्रवत्तिमाथि नियन्त्रण गर्न सकिएन भने सन्तुलित विकास कहिल्यै हुँदैन भन्नु पनि अन्यथा हुँदैन ।

प्रधानमन्त्री–मन्त्रीमुखी बजेट नेपाल सरकारको नाममा ल्याउन पनि मिल्दैन । किनभने सरकार देशका लागि बनेको हो, एक क्षेत्र वा एक जिल्लाका लागि बनेको होइन । यसरी निरंकुश शैलीको बजेट ल्याउनु भनेको जनताले खाइ नखाई तिरेको कर र राजस्वको दुरुपयोग गर्नु हो ।

साथै यो प्रवृत्ति सार्वजनिक पदको दुरुपयोग पनि हो । राजस्व र पदको दुरुपयोग गर्ने अधिकार न मन्त्रीलाई हुन्छ, न सचिवलगायत अरु सार्वजनिक पदाधिकारीहरूलाई हुन्छ । तिनीहरूमाथि कर र पदको दुरुपयोग गरेको भनी कारबाही हुनुपर्छ । संघीय संसद्ले यस्तो विभेदकारी बजेट जस्ताको तस्तै पारित गर्न पनि हुँदैन ।

यो प्रवृत्तिले सरकारको कार्यशैलीमाथि अविश्वास बढाएको छैन कि आक्रोश उत्पन्न गराएको छ । वास्तवमा भन्ने हो भने विभेदकारी बजेट जिम्मेवारी सम्बन्धित मन्त्रीले मात्रै नलिएर सरकार प्रमुख एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लिनुपर्छ ।

देशमा संघीय शासन व्यवस्था लागू भइसकेपछि संघीयता विरोधी लाखका जिल्लागत योजना राख्न सरकारमोहित भएको देखियो । यो संविधान र संघीयताको मर्मविपरीत काम हो । अर्थात् संघीय गणतन्त्रात्मक शासन व्यवस्था असफल बनाउनु हो ।

एकातिर प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार दिइएको देखिँदैन भने अर्कातिर बजेट पनि कटौती गरिएको छ । हाम्रा  प्रधानमन्त्री, मन्त्री, दलीय नेताहरू संघीयता र गणतन्त्रको रटान लगाउन कहिल्यै छाड्दैनन । तर, व्यवहारमा नेताहरू संविधानलाई असफल बनाउने काम गरिरहेका छन् भन्न यो भन्दा अर्को ठूलो उदाहरण हुन सक्तैन ।

संघीय संसदको बजेट अधिवेशन चलिरहेको छ । दुवै सदनमा मन्त्रालयगत बजेटमा छलफल भइरहेको छ । बजेटको सैध्दान्तिक पक्ष, बजेटको स्वरुप, बजेटका उद्देश्य, लक्ष र नीति, बजेटका श्रोतहरूको व्यवस्था र बजेट बाँडफाँड र विनियोजन तथा बजेट कार्यान्वयन कसरी गर्ने भन्ने विषयमाथि दुवै सदनका सदस्यहरूले छलफल गर्नु बजेट अधिवेशनको मुख्य विशेषता हो ।

बजेटबारेमा तीन महिनाभन्दा बढी समय लगाएर संघीय संसदका दुवै सदनमा छलफल गर्नुको मूलकारण बजेटलाई कसरी समतामूलक, सन्तुलित, न्यायपूर्ण बनाउने बन्ने हो । सार्वजनिक क्षेत्रका अतिरिक्त निजी क्षेत्र, सहकारी क्षेत्र र वैदेशिक सहायताको अधिकतम उपयोग गरी रोजगारी अभिवृध्दि गर्ने केन्द्रित हुनुपर्ने हो । सरकारी बजेट कसरी प्रतिफलमुखी, यथार्थपरक, जनमुखी र विकासमुखी बनाउन सकिन्छ भन्ने पनि हो ।

बजेटमाथि यति धेरै समय लगाएर छलफल गर्नुको अर्को उद्देश्य सरकारले समग्र क्षेत्रको विकासलाई ध्यान नदिई एक वा केही क्षेत्रको विकासमा मात्रै साधन र श्रोत केन्द्रित गर्ला भनेर त्यसलाई नियन्त्रण र नियमन गर्न सकियोस् भन्ने पनि हो । 

यसर्थ बजेट प्रस्तुत गर्दैमा यसलाई परिमार्जन र संशोधनविना पारित गर्नुपर्छ भन्ने सोच राख्नु हुँदैन । देश र जनताको विकास र आर्थिक समृध्दि ल्याउने सवाललाई ध्यान दिँदै सदस्यहरूको भावनालाई समेटेर बजेटमा परिमार्जन गर्दा हितकर हुने देखिन्छ । यदि बजेटमा कुनै संशोधन र परिमार्जन गरिएन भने यति लामो समय लगाएर छलफल गर्नुको अर्थ पनि रहँदैन ।

यो बजेटको बनौट पनि विकासमुखी र आर्थिक गतिविधिलाई चलायमान गर्ने खालको देखिँदैन । अठार खर्बको बजेटमध्ये एघार खर्ब बयालीस अर्व (पैसठ्ठी प्रतिसत) चालु खर्चमा विनियोजन भएको छ । विकास खर्चतर्फ तीन खर्ब दुई अर्व (सत्र प्रतिसत) र वित्तीय व्यवस्थातर्फ तीन खर्व सात अर्व (अठार प्रतिसत) विनियोजन भएको देखिन्छ । 

यस प्रकारको बजेटको बनौटले नेपालमा जनताले अपेक्षा गरेको विकासको लक्ष्य कहिल्यै पूरा हुने देखिँदैन । यतिबेला सरकारले साधारण खर्च अत्यधिक मात्रामा घटाई विकास खर्चतर्फ बजेटको आकार बढाउन ध्यान दिनुपर्नेमा किन दिएन भन्ने ठूलो बहसको विषय बनेको छ ।

साथै यस प्रकारको बजेटले देशमा दीर्घकालीन लाभका योजना बनाई विकासको गतिलाई तीव्र पार्नु र आर्थिक, सामाजिक, औद्योगिक, कृषि, पर्यटन र जलश्रोत (विद्युत, सिचाई), सडक आदिको विकास गरी रोजगारी वृद्धिमार्पmत गरिबी निवारण गर्ने हो र उत्पादन र उत्पादत्व बढाउने काम पनि गर्दैन ।

हाम्रो जस्तो विकासमा पछाडि परेको देशमा पूर्वाधार विकास नगर्ने, रोजगारी वृध्दि नगर्ने, क्षेत्रगत विकासमा जोड नदिने र आर्थिक समृृध्दि ल्याउने उद्देश्य नभएको बजेटको कुनै अर्थ र महत्व हुँदैन । त्यसैले संसारभरि बजेटले नयाँ उत्साह र उमंग ल्याउनुपर्छ भन्ने गरिन्छ । यो बजेट आएपछि जनतादेखि निजी क्षेत्र पनि असन्तुष्ट बनेको देखिन्छ । 

नेपालमा बजेटको सन्दर्भमा कुरा गर्ने हो भने पञ्चायतकालदेखि गणतान्त्रिकसम्म एउटै पाराले बजेट तथा कार्यक्रम ल्याउने गरेको देखिन्छ । यो वर्षको बजेट पनि निराशाको पोको बन्न गएको छ । हाम्रो देश विकासमा पछाडि पर्नुको कारण मन्त्रीहरू र नेताहरूको निर्वाचनमुखी संकीर्ण सोच र व्यवहारले हो । अर्को कुरा के हो भने यो यस्तो निर्वाचन क्षेत्रमुखी बजेट र कार्यक्रम ल्याउनु भनेको जनताले तिरेको र वैदेशिक सहायताको पनि दुरुपयोग गर्नु हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन भौतिक योजना तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुको कारण सरकारको सोच विचार कार्यशैलीमाथि व्यंग्यात्मक प्रहार गरेका हुन् । वास्तवमा भन्ने हो भने बजेट संशोधन गर्नुपर्ने परिस्थिति आएको छ ।

देशका अरु निर्वाचन क्षेत्रहरूलाई अन्देखा गरी आफनो निर्वाचन क्षेत्रमा मात्रै बजेट ल्याउने सबै मन्त्रीहरूको फेहरिस्त सांसदहरूले छलफल गर्नुपर्ने अवस्था आएको छ । सन्तुलित र समाजवादी अर्थतन्त्रमा जोड दिने संविधानको प्रस्तावनाविपरीत वार्षिक बजेट ल्याउने मन्त्रीहरूले नैतिकताको हिसावले राजीनामा दिनुपर्ने देखिन्छ । 

spj.thapa@gmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro