site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाबारे बाबुरामको प्रतिक्रिया : पुराना दलसँग लसपस गरिरहे हराउन सक्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् ।

शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष भट्टराईले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रूपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए । उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

Dabur Nepal
NIC Asia

"उहाँहरूलाई धेरैधेरै शुभकामना छ । राम्रो प्रगति गरिरहनु भएको छ । अझै प्रगति गर्नुस् । गर्नुपर्ने कुराहरु धेरै छन् । मेरो पूरै शुभकामना छ । खाली एउटै सुझाव मैले उहाँहरूलाई भन्ने पनि गरेको छु– अब पुराना दलहरूसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रूपमा लिनुपर्छ," उनले भने ।

त्यस अवसरमा अध्यक्ष भट्टराईले रास्वपाको अझै प्रगति गर्दै जाओस् भनि शुभकामना पनि दिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro