site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छोटे राजाहरूको आतंक बन्द गरौँ’ भन्दै कवाड व्यवसायीले गरे प्रदर्शन  

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार उनीहरू काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । 

‘छोटे राजाहरूको आतंक बन्द गरौँ’, ‘कवाड व्यवसायीहरूको रक्षा गरौँ’ भन्ने व्यानरका साथ प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले आफूहरूको रोजिरोटी बन्द नगर्न माग गरेका छन् । 

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनू भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको र आफूहरूलाई महानगरबाट हटाउन खोजिएको उनीहरूको गुनासो छ । 

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाड व्यवसायी र प्रहरीबीच झडप भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro