site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवाड व्यवसायीको आन्दोलनमा प्रहरी दमन, सांसदले मागे गृहमन्त्रीको जवाफ 

काठमाडौं । सांसदहरूले कवाड व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा तथा आम जनता पार्टी अध्यक्ष प्रभु साहले सांकेतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरूमाथि प्रहरीको लाठी प्रहारबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । 

उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरूमाथि भएको प्रहारबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गर्दै उनले प्रहरीको लाठी चार्जका कारण मंगलबार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए । 

“सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर, हिजो कवाड व्यवसायीहरू सांकेतिक जुलुसमा थिए । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु,” सांसद साहले भने । उनले सांकेतिक जुलुसमा लाठी प्रहार गर्नेमाथि कारबाहीको माग गरे । 

साथै, सांसद डा. अमरेशकुमार सिंहले पनि कवाडी व्यवसायीहरूमाथि सरकारले दमन गरेको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे । “शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो । दर्जनौँ घाइते भएका छन् । उनीहरूको उपचार निःशुल्क होस्,” उनले भने । 

सांसद सिंहले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न गरे । उनले काठमाडौंका कवाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फोहोर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro