site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाको अफर : सोरुम नगएरै पुरानो गाडी ‘टियागो ईभी’सँग साट्न सकिने

काठमाडौं । नेपालकाे लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाव अर नेभर– ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस’ योजना घोषणा गरेको छ । ।  

टाटाले यस अफर योजनाअन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भए पनि सीमित स्टकमा रहेका गाडी बजेटअघिकै मूल्यमा मिल्ने बताएको छ ।

ग्राहकले चाहेको स्थानमा पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राभभ गरी आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, दुई वर्षको सवारी कर र एक्सेसरिज उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यो योजना यही जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै साेरुमहरूमा लागु हुनेछ । टाटा ईभीको मूल्य तथा साइजका कारण यो गाडीमा निकै धेरै ग्राहक आकर्षित रहेको कम्पनीको दाबी छ ।

आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा टियागो गाडी चलाउन र पार्किङका लागि सहज एवं किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको भनाइ छ ।

गाडी साट्न सोरुम जानै नपर्ने र आफूले चाहेको स्थानमा पुरानो गाडीको मूल्यांकन गरी नयाँ गाडी टेस्ट ड्राभभ गर्न सकिने कम्पनीले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro