site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार पूर्ण रूपमा असफल भइसक्यो, राजीनामा गर्नुस् : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारूढ दलकै सांसदहरूको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताइन् । 

उनले बजेटमा सत्तारूढ दलकै सांसदहरूको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् । परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचर किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौती गरेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूलाई भत्ता दिनुपर्ने उनको भनाइ थियो । 

"परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचर आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद् सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ । उहाँहरुलाई दिइयोस् भनेर प्रस्ताव राख्न चाहन्छु," उनले भनिन् ।

उनले रुसमा बन्धक नेपालीहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro