site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ महिनामा ६ लाख ८२ हजार नेपालीले लिए वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या पौने सात लाख पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०८० साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट ६ लाख ८२ हजार ५६६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो महिना जेठमा मात्र ७२ हजार ८६१ नेपालीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जेठ महिनामा श्रम स्वीकृति लिनेमा ६४ हजार ८८६ जना पुरुष र सात हजार ९७५ महिला छन् । 

विभागको पछिल्लो ११ महिनाको तथ्यांकले चालु आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना औसतमा ५२ हजार ५१ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । उक्त अवधिमा दैनिक औसतमा १७ सय ३५ जनाभन्दा बढीले रोजगारीको लागि देश छोडेका छन् । 

विभागको तथ्यांकअनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७  र जेठमा ७२ हजार ८६१ नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ । 

गत आर्थिक वर्ष २०७९/०८० मा कुल सात लाख ७१ हजार ३२७ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला वैदेशिक रोजगारीमा गएका थिए । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा वैदेशिक रोजगारीमा गएकाहरूबाट नेपालमा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना औसतमा एक खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro