site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७२ जिल्लामा फैलियो डेंगी, वाग्मतीमा ४०३ जना संक्रमित 

काठमाडौं । देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

ईडीसीडीका अनुसार सो जिल्लामा एक हजार १७५ जनामा संक्रमण देखिएको हो । जुन महिनाका १५ दिनमा (१ देखि १५ जुनसम्म) देशभर ९३ जना डेंगी संक्रमित थपिएका छन् । 

Dabur Nepal
NIC Asia

यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४०३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १२२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७४, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro