बाह्रखरी फोटो
![इन्धन अभावमा निजी पेट्रोल पम्प बन्द (तस्बिहरू)](https://12khari.top/uploads/posts/Petrol-pump-(7)-1718602942.jpg)
काठमाडौं । इन्धनको अभाव भन्दै काठमाडौंका पेट्रोल पम्प बन्द गरिएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण थानकोट ठिपोबाट इन्धन नउठाएपछि निजी पेट्रोल पम्पमा बन्द गरिएका हुन् ।
चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो ।
तर, आइतबार थानकोट डिपोबाट इन्धन उठाएका आर्मी, प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा भने सवारीसाधनको भने लाइन लागेको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्