site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युवा तथा खेलकुदमन्त्री श्रेष्ठको सयदिने प्रगति विवरणमा के छ ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व एक सय दिनको अवधिमा गरेको कामको विवरण सार्वजनिक गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरेर मन्त्री श्रेष्ठले सयदिने कामको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले देशभरका रंगशालाहरूको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताए ।  उनले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।

उनले खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको बताए ।

नेपाल स्काउटको जग्गा भाडामा लिने/दिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनाधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको बताए ।

Global Ime bank

उनले सहभागितामूलक नीति निर्माणको अवधारणा अनुरूप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रूप दिने क्रममा रहेको बताए । उनले नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टिडोपिङ एजेन्सीलाई पूर्णता दिई क्रियाशील बनाइएको जानकारी गराए ।

मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रंगाशालाको डीपीआर तयार गरिएको र कीर्तिपुर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको पनि बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी ई–स्पोर्ट खेलको प्रवर्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने, युवा तथा साना व्यवसायी स्वारोजगार कोषमार्फत एक हजार ४९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र एम हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको बताए ।

उनले युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्यांक प्राप्तिका लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको बताए ।

यस्तो छ मन्त्री श्रेष्ठको कार्य प्रगति विवरण :

१. खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनावद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ ।

२. कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

३. नेपाल स्काउटको जग्गा भाडामा लिने/दिनेबारे भएको सम्झौता र त्यससम्बन्धमा सम्मानित उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानविन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनाधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको छ ।

४. विश्वविद्यालयमा Sports Science अध्ययनका लागि काठमाडौ विश्वविद्यालयसँग समजदारी (MOU) भएको छ । साथै विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाइएको छ।

५. सहभागितामूलक नीति निर्माणको अवधारणाअनुरूप राष्ट्रिय खेलकुद नीति र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रूप दिने क्रममा रहेको छ ।

६. नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टीडोपिङ एजेन्सी लाई पूर्णता दिई क्रियाशील बनाइएको छ ।

७. अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रंगाशालाको डीपीआर तयार गरिएको र र किर्तिपूर क्रिकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा Flood Light को खरिद प्रक्रिया अगाडि बढाइएको छ । दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको छ ।

८. राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रत्येक प्रदेशामा आलोपालो गर्ने क्रममा यस वर्ष कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रितयोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रंगशाला सहितको खेलकुद पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

९. टी२० विश्वकप क्रिकेटमा नेपालको सहभागिता भएको छ । मिसन २०२६ अन्तर्गत दश खेलका खेलाडीहरूलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन
गरिएको छ ।

१०. क्रिकेट, ट्रायथलन, स्क्वास, ३४३ बास्केटबल, यु महिला फुटबल टी १६-२० त्रिदेशीय क्रिकेट, Bilateral Cricket Series, सगरमाथा करराँते च्याम्पियनसिप, NSKA कराँते च्याम्पियनसिप, पब्जी मोबाइल सुपरलिग सेन्टरएण्ड साउथ एसियन प्रतियोगिता, CHITF एसियन तेक्वान्दो, दशौं नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगितासमेत गरी ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको छ ।

११. NVA महिला तथा पुरुष भलिबल, ५६औं राष्ट्रिय कराँते प्रतियोगिता, बुद्धिचाल, मोबाइल लेजेण्डस च्याम्पियनसिप, ट्रायल रेस, फुटबल गोल्डकपलगायतका ४४ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।

१२. देशभरका रंगशालाहरूको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको छ ।

१३. खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यताअनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने छ ।

१४. यसअघि स्रोत अभावमा रोकिएको अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई प्रदान गरिने पुरस्कारको लागि अर्थ मन्त्रालयबाट स्रोत व्यवस्था गरी पुरस्कार वितरण गरिएको छ । 

१५. नेपाल स्काउट ऐन, २०५० को प्रतिस्थापन गरी नयाँ ऐन जारी गर्न र राष्ट्रिय खेलकुद विकास ऐन,२०७७ लाई समसामयिक बनाउन संशोधन गर्न प्रक्रिया अगाडि बढाइएको
छ ।

१६. युवा लक्षित कार्यक्रमहरूमा वित्तीय सुशासन कायम गर्न र विनियोजित स्रोत तथा साधनलाई लक्षित वर्गको सहज पहुँच पु-याउन नीतिगत व्यवस्था अद्यावधिक गर्नुपर्ने आवश्यकतालाई महसुस गरी युवा तथा साना व्यावसायी स्वरोजगार कोषको व्यवस्थापन, सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन गरी अध्ययन कार्य भइरहेको छ ।

१७. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ-स्पोर्ट खेलको प्रवर्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चलान गरिनेछ ।

१८. आगामी आर्थिक वर्षको बजेटमा High Altitude मा खेलिने खेलको लागि बजेटको व्यवस्था गरिएको छ ।

१९. युवा तथा खेलकुदसँग सम्बन्धित युवा तथा साना व्यावसायी स्वारोजगार कोषमार्फत १४९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको छ । सूचना तथा तथ्याङ्क प्राप्तिको लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको छ । 

२१. युवाहरूलाई आफ्नै स्थानीय तहमा काम गर्न तीन महिने Fellowship कार्यक्रमका लागि बजेट तथा कार्यक्रममा समावेश गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement