site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस मरिहत्ते गरेर सरकारमा जाँदैन : शेखर कोइराला 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस मरिहत्ते गरेर सरकारमा जाने कुनै पनि तयारीमा नभएको बताएका छन् । उनले आफैँ सत्ता कांग्रेसको हातमा आए फरक कुरा भएको भन्दै उनले तत्काल सरकारमा जाने कुनै तयारी नभएको बताए । 

बुधबार राजधानी काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेस विपक्षमा बस्ने जानकारी दिए । “कांग्रेस सरकारमा जान्छ कि जाँदैन भनेर सोध्नुहुन्छ । हामीले विपक्षको भूमिका खेल्ने हो । सरकारमा जाने हतारो छैन,” उनले भने, “आउने भए त्यसै आउँछ । तर, कोसिस गरेर मरिहत्ते गरेर सरकारमा जाने छैनौँ ।” 

KFC Island Ad
NIC Asia

प्रतिनिधिसभा सदस्य समेत रहेका उनले ‘राजनीतिमा अपराधीकरण गम्भीर’ भएर गएको उल्लेख गरे । उनले राज्यको संयन्त्रले अनावश्यक दुख दिने गरेको भन्दै आपत्ति जनाए । “धेरै ठाउँमा अनावश्यक हिसाबले अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको देख्नुभएकै छ । यो दुर्भाग्य हो र किन भइरहेको छ ? यो कुरा राजनीतिक दलहरूको बीचमा छलफल हुन जरुरी छ,” उनले भने । 

नेता कोइरालाले दल फुटाउने र व्यक्तिलाई दुख दिने काम गरेर अघि बढ्ने हो भने कही पनि पुग्न नसकिने बताए । साथै उनले, जबसम्म सुशासन र पारदर्शीका साथै भ्रष्टाचारको कुरा छिनोफानो गरेर अघि जान नसके देशमा आर्थिक विकास हुन नसक्ने बताए । “यो कुरालाई नेपाली कांग्रेसले गम्भीर विषय लिएको छ । अन्य दलसँग पनि छलफल अघि बढाइरहेको छौँ,” उनले भने । 

Royal Enfield Island Ad

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र सरकरको स्थिरता कसरी छिनोफानो हुन्छ भनेर राजनीतिक दलहरू बीचमा छलफल अघि बढिरहेको जानकारी दिए । सरकार अस्थिर बनाउन निर्वाचन प्रणाली पनि कारक भएको भन्दै उनले भने, “यसका लागि संविधानमा केही सुधार र परिवर्तन गरेर अघि बढेर जान सक्यौँ भने मात्र देश अघि बढ्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro