site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा भर्ती भएका दुई भारतीय युक्रेनसँगको युद्धमा मारिए 

काठमाडौं । रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिक युक्रेनसँगको युद्धमा मारिएका छन् । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “हामी मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौँ । मस्कोमा रहेको हाम्रो दूतावासले रुसी रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई शव जतिसक्दो चाँडो स्वदेश फिर्ता गर्न दबाब दिइरहेका छन् ।” 

भारतीय विदेश मन्त्रालयल र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएका छन् । 

Dabur Nepal
NIC Asia

भारतले रुसलाई कुनै पनि भारतीय नागरिकलाई रुसी सेनामा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ । भारतीय नागरिकको रुसी सेनामा भर्तीलाई भारतले दुई देशबीचको साझेदारीविपरीतको कार्य भनेको छ । 

भारतीय विदेश मन्त्रालयले सबै भारतीयलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपिल गरेको छ ।यसै वर्षको मार्चमा केही एजेन्टहरूले धेरै भारतीयलाई रुसमा जागिरको बहानामा पुर्‍याइ रुसी सेनामा भर्ती गरेको खुलेको थियो । 

रुसी सेनामा भर्ती भएकालाई युक्रेनसँगको युद्धमा लड्न जबरजस्ती पठाइएको भारतले दाबी गरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro