site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च शिक्षा प्राप्तिको नाममा खर्बौं रकम विदेशियो : सांसद खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘चार माना रोपेर ६ माना’ उब्जनी हुने अवस्था नभएको बताएका छन् । उनले बजेटले कृषि, श्रम तथा शिक्षा क्षेत्रको समग्र समस्या समाधान गर्न नसक्ने बताए । 

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथिको बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ७० प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर हुनुपर्ने भए पनि कोदो, तेल, चामल, दाल र घ्यु सबै विदेशबाट आयात गर्नुपर्ने विडम्बना भएको उल्लेख गरे । 

“नेपालमा अर्गानिक खाना पाइन्छ भन्ने सिद्धान्त विकास गर्नुपर्छ । चार माना रोपेर ६ माना उब्जनी हुने अवस्था छैन । समयमा मल चाहिन्छ, समयमै पुर्‍याउनुपर्छ भन्ने होस्,” उनले भने । 

सांसद खतिवडाले उच्च शिक्षा प्राप्तिको नाममा खर्बौं रकम विदेशिएको भन्दै चिन्ता व्यक्त गरे । साथै, विदेशबाट प्राप्त भएको उच्च शिक्षा दुरदराजसम्म पुर्‍याउन किन नसकेको भन्दै प्रश्न गरे । बजेटले पहाडी जिल्लामा भवन स्तरीय बनाउने र छानो छाउने कार्यक्रमहरू समेत नभएको जिकिरे गरे । 

छलफलमा उनले श्रम रोजगार मन्त्रालयको विषयमा बोल्दै श्रम गर्न विदेश जाने श्रमिकलाई स्वास्थ्य सेवा निःशुल्क र कामको बारेमा जानकारी दिनुपर्ने भन्दै थपे, “मन्त्रालय भए पनि नेपालमा न श्रम छ न रोजगार नै ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro