site stats
बाह्रखरी :: Baahrakhari
देश
भन्सार छली गरी लैजान लागेको पहेँलो धातुसहित दुईजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आइफोन १३ प्रो म्याक्स एक थान, रेडमी मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्