site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषिको दशक भनेर बजेटमा आयो, छिमेकी राष्ट्रबाट मल ल्याउनुपर्ने बाध्यता छ : धवल शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का महामन्त्री धवल शमशेर राणाले कृषिमा आउने अनुदान विचौलियाले खाने गरेको बताएका छन् । अर्बौ रुपैयाँ बिचौलिया र नेताले खाइदिँदा वास्तविक किसानमा अनुदान कहिल्यै नपुग्ने उनको भनाइ छ । 

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथिको बजेट छलफलमा बोल्दै उनले कृषिको दशक भनेर बजेटमा आए पनि रासायनिक मलको फ्याक्ट्री लगाउन नसकेको उल्लेख गरे । 

हरेक वर्ष मलको हाहाकार हुने भएको भन्दै उनले छिमेकी राष्ट्रबाट मल ल्याउन बाध्य हुनुपरेको विडम्बना उल्लेख गरे । उनले पानी, प्राविधिक सहयोग केही दिन नसकेको सरकारले आजको दिन जति धान लगाउने हो भने त्यो नोक्सानमै जाने उनको भनाइ थियो । “त्यसरी ल्याइएको मल पनि खोसिदिन्छ,” उनले भने, “हामी कति लाचार छौँ । अहिले जिल्ला जिल्लामा मल छैन ।” 

खेत बाँझो हुने, कृषि काम गर्ने कमी भएको तथा युवाहरू विदेशी गइरहँदा सरकारले कहिले ध्यान दिने भन्ने प्रश्न उनको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro