site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसद झाको प्रश्न– टुक्रे बजेट माग्ने अनि संस्थागत सुधार खोज्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले ‘संस्थागत पुनर्संरचना कहिले गर्ने ?’ भन्दै प्रश्न गरेका छन् । पुरानै फाइल खोलेर ‘इडिट’ गरेर कहिलेसम्म बजेट ल्याउने भन्दै उनले यसरी संस्थागत सुधार नहुने टिप्पणी गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले यो निर्माणमा कठोर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले ‘टुक्रे बजेट माग्ने अनि देशमा संस्थागत सुधार खोज्ने ?’ भन्दै सांसदहरू पनि सुध्रनुपर्नेमा जोड दिए ।

उनले बजेट निर्माण अभ्यास नै पुनरवलोकन गर्दै परिणामुखी बनाउन आवश्यक भएको औँल्याए । श्रम मन्त्रालय भन्नासाथ वैदेशिक रोजगारी मात्र सोचिएको उनले बताए ।

‘वैदेशिक रोजगारीमा सीपयुक्त मानिस कत्तिको पठाइँदै छ ?’ भन्दै उनले प्रश्न गरे । “श्रम हाम्रा लागि अभिशाप हो भन्ने सोँच्छौँ । तर, श्रम अवसर हो भनेर विश्व बनाउन हामीले योगदान गरेका छौँ भनेर हामीले गर्व गर्ने कि !,” उनले भने ।

माइग्रेसन र संकट मानव इतिहासको अंग भएको भन्दै उनले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro