site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदी मन्त्रिपरिषद् ३.० : कसलाई कुन मन्त्रालय ? (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालमा नियुक्त गरेका मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् । आइतबार शपथग्रहण गरेपछि मोदीले मन्त्रीहरू नियुक्त गरेका थिए । उनले नियुक्त गरेका मन्त्रीहरूलाई सोमबार जिम्मेवारी दिएका हुन् । 

सरकारका चार महत्त्वपूर्ण मन्त्रालयमा खासै परिवर्तन भएको छैन । अमित शाहलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

Argakhachi Cement Island Ad

रक्षा मन्त्रालयको जिम्मेवारी पुनः राजनाथ सिंहले पाएका छन् । विदेशमन्त्रीमा एस जयशंकर नै दोहोरिएका छन् । दोस्रो कार्यकालमा जस्तै मोदीले अर्थ मन्त्रालयको जिम्मेवारी निर्मला सीतारमण र सडक यातायात मन्त्रालयको जिम्मेवारी नितिन गडकरीलाई दिएका छन् । 

मोदीको नयाँ मन्त्रिपरिषद्‌मा अघिल्लो सरकारका धेरै मन्त्रीहरू अटाएका छैनन् । यसपटक छुटेका प्रमुख नामहरूमा स्मृति इरानी, राजीव चन्द्रशेखर, अनुराग ठाकुर छन् ।

यस्तो छ मोदीको नयाँ मन्त्रिपरिषद् 
मन्त्रीहरू 
राजनाथ सिंह– रक्षा मन्त्रालय
अमित शाह– गृह मन्त्रालय 
नितिन गडकरी– सडक, यातायात तथा राजमार्ग मन्त्रालय
जगत प्रकाश नड्डा– स्वास्थ्य मन्त्रालय
शिवराज सिंह चौहान– कृषि तथा ग्रामीण विकास मन्त्रालय
निर्मला सीतारमण– अर्थ मन्त्रालय
एस जयशंकर– विदेश मन्त्रालय 
मनोहर लाल– आवास, सहरी मामिला तथा ऊर्जा मन्त्रालय
एचडी कुमारस्वामी– उद्योग तथा इस्पाल मन्त्रालय
पियुष गोयल– वाणिज्य तथा उद्योग मन्त्रालय
धर्मेन्द्र प्रधान– शिक्षा मन्त्रालय 
जीतनराम माँझी– लघु, साना तथा मझौला उद्योग मन्त्रालय
राजीव रञ्जन सिंह (ललन सिंह)– मत्स्यपालन, पशुपालन र डेरी मन्त्रालय
सर्वानन्द सोनोवाल– बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्रालय
डा. वीरेन्द्र कुमार– सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय
किंजरापु राममोहन नायडू– नागरिक उड्डयन मन्त्रालय
प्रल्हाद जोशी– उपभोक्ता मामिला, खाद्य, सार्वजनिक वितरण, नयाँ र नवीकरणीय ऊर्जा मन्त्रालय 
जुआल ओराओं– आदिवासी मामिला मन्त्रालय
गिरिराज सिंह– कपडा मन्त्रालय 
अश्विनी वैष्णव– रेलवे, सूचना एवं प्रसारण, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय 
ज्योतिरादित्य सिंधिया– सञ्चार, उत्तर पूर्वविकास मन्त्रालय 
भूपेन्द्र यादव– वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
गजेन्द्र सिंह शेखावत– संस्कृति तथा पर्यटन मन्त्रालय
अन्नपूर्ण देवी– महिला तथा बाल विकास मन्त्रालय
किरेन रिजिज– संसदीय मामिला र अल्पसंख्यक मामिला मन्त्रालय
हरदीप सिंह पुरी– पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
मनसुख मण्डवीय– श्रम तथा रोजगार, युवा तथा खेलकुद मन्त्रालय
जी किशन रेड्डी– कोइला तथा उत्खनन् मन्त्रालय
सीआर पाटिल– जल शक्ति मन्त्रालय 

राज्यमन्त्रीहरू 
राव इन्दरजीत सिंह– तथ्यांक र कार्यक्रम कार्यान्वयन, योजना मन्त्रालय
डा. जितेन्द्र सिंह– विज्ञान र प्रविधि, पृथ्वी विज्ञान मनत्रालय 
अर्जुन मेघवाल– कानुन तथा न्याय मन्त्रालय
जाधव प्रतापराव गणपतराव– आयुष मन्त्रालय 
जयन्त चौधरी– सीप विकास र उद्यमशीलता मन्त्रालय

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्