काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतले अक्षर पटेललाई पनि गुमाएको छ ।
आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ७.४ ओभरमा अक्षर पटेललाई गुमाएको हो । २० रन बनाएका अक्षरलाई नसिमले बोल्ड गरे ।
जारी खेलको आठ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ६२ रन बनाएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।
भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।