site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदी मन्त्रिपरिषद् ३.० : क–कसले पाउँदै छन् मन्त्रीको जिम्मेवारी ?
फाइल तस्बिर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ सवा ७ बजे दिल्लीस्थित राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि शपथ लिँदै छन् । शपथग्रहण समारोहको समय नजिकिँदै गर्दा मोदीको नयाँ मन्त्रिपरिषद्‌मा को–को सामेल हुनेछन् भन्ने चर्चा चुलिएको छ । भारतीय मिडियाले पछिल्लो मोदी नेतृत्वको सरकारमा रहेका २० मन्त्री तेस्रो कार्यकालमा दोहोरिने बताएका छन् । 

भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता राजनाथ सिंह, अमित शाह, पीयूष गोयललगायतको नाम यस सूचीमा छ । यसको अलवा ज्योतिरादित्य सिंधिया, नितीन गडकरी पनि मोदीको मन्त्रिपरिषद्‌मा फर्कने जनाइएको छ । 

अघिल्लो मन्त्रिपरिषद्‌मा रहेका एस जयशंकर, मनसुख मन्डाविया, अश्विनी वैष्णव, निर्मला सीतारमण, राव इन्द्रजीत सिंह, जितेन्द्र सिंह पुरी, किरेन रिजिजू, गिरीराज सिंह, जी किशन रेड्डी, अर्जुन राम मेघवाल, प्रह्लाद जोशी, सर्वानन्द सेनोवाल, अनुप्रिया पटेल, शोभा कन्दलाजे, राम दास अठावले, नित्यानन्द रायको नाम पनि मोदीको मन्त्रिपरिषद् ३.० मा दोहोरिनेको सूचीमा छ । 

पहिलोपटक मन्त्री बन्नेमा विशराज सिंह चौहान, हर्ष मल्होत्रा, रवनीत बिट्टु, शिवराज सिंह चौहान, मनोहरलाल खट्टर, एचडी कुमार स्वामीलगायतको नाम भारतीय मिडियाले उल्लेख गरेका छन् । 

एनडीआई गठबन्धनले मन्त्रीको लागि अघि बढाएका नाममा चिराग पासवान, जीतनराम माझी, सोमनाथ ठाकुर, जयन्त चौधरी रहेका छन् । यी सबै नेताहरू भारतीय प्रधानमन्त्री मोदीको निवासमा आयोजित बैठकमा सहभागी हुन पुगेका छन् ।

भारतीय मिडियाले स्रोतलाई उद्धृत गर्दै बहुमत नपाए पनि रक्षा, गृह, अर्थ र विदेश गरी प्रमुख चार मन्त्रालय भाजपा आफैँले राख्नेछ । पछिल्लो सरकारमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकर थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro