site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युवा फरवार्ड एन्ड्रिक चम्किँदा मेक्सिकोविरुद्ध ब्राजिलको रोमाञ्चक जित 

काठमाडौं । युवा फरवार्ड एन्ड्रिकको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मेक्सिकोविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार बिहान अमेरिकाको टेक्सासस्थित काइल फिल्डमा भएको खेलमा ब्राजिललाई जित दिलाउन एन्ड्रियस पेरेरा, गाब्रियल मार्टिनेली र एन्ड्रिकल गोल गरे । मेक्सिकोका हुआन क्विनोनेस र गुयर्मो मार्टिनेजले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको पाँचौँ मिनेटमा पेरेराले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोको खेलमा फर्किने सम्भावना कायम राखेका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मार्टिनेजले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काएपछि खेलले रोमाञ्चक मोड लिएको थियो ।

तर, इन्जरी समयकै छैटौँ मिनेटमा १७ वर्षीय युवा फरवार्ड एन्ड्रिकले गोल गरेपछि पाँचपटकको विश्वकप विजेता ब्राजिलले रोमाञ्चक जित पक्का गरेको हो ।

कोपा अमेरिका–२०२४ अघि ब्राजिलले अब जुन १३ मा अमेरिकाविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । जुन २१ देखि सुरू हुने कोपा अमेरिकामा ब्राजिल समूह ‘डी’ मा छ । यो समूहमा ब्राजिलसँगै कोलम्बिया, पराग्वे र कोस्टा रिका छन् । 

यस्तै, मेक्सिको प्रतियोगिताको समूह ‘बी’ मा छ । यो समूहमा मेक्सिकोसँगै इक्वेडर, भेनेजुयला र जमैका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro