site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संसदीय दलको नेता बनेपछि मोदीले के भने ?

नयाँ दिल्ली । भारतमा एन्डीए संसदीय दलको नेता भएपछि नरेन्द्र मोदीले गठबन्धनका सबै दलहरूप्रति आभार व्यक्त गरेका छन् । यसै अवसरमा उनले विपक्षी इन्डिया गठबन्धनमाथि प्रहार पनि गरेका छन् ।  

उनले भनेका छन्, “एन्डीए गठबन्धन भारतको सबैभन्दा सफल प्रि–पोल अलाइन्स हो । म हृदयदेखि नै सबैप्रति आभार व्यक्त गर्दछु । खुसीको कुरा छ कि मलाई यत्रो ठूलो समूहलाई स्वागत गर्ने अवसर प्राप्त भएको छ । जो साथीहरू विजय भएर आउनु भएको छ उहाँहरू सबै अभिवादनको अधिकारी हुनुहुन्छ ।’

उनले थपे, “२०१९ मा एक कुरामा जोड गरिएको थियो जुन विश्वास थियो । फेरि एक पटक तपाईंहरूले मलाई दायित्व दिइरहनु भएको छ । यसको मतलब यो हो कि हामी दुईबीच विश्वासको सेतु अटुट रहेको छ । यो अटुट सम्बन्ध विश्वासको मजबुत धरातलमा छ ।”

उनले विपक्षी दलप्रति निसाना साँध्दै यो एनडीएको महाविजय भएको बताएका छन् । भने, “म मान्छु कि २०२४ को लोकसभा निर्वाचनको नतिजा जुन छ दुनियाले यसलाई मानेको छ र मान्ने छ कि एनडीएको यो महाविजय हो । तपाईंले देख्नु भयो होला दुई दिन कसरी बिते, जस्तो कि म हारिसकेको छु । आफ्ना कार्यकर्ताको मनोबल बढाउनका लागि उनीहरूले यसरी बोल्नु परिरहेको छ  । प्रयास भइरहेको छ कि यो विजयलाई पराजयको छायाँमा डुबाएर राख्न सकियोस् । अनि त्यसलाई स्वीकार गरियोस् ।”

मन्त्रिमण्डल भागबन्डा कस्तो होला ?
भारतमा नवनिर्वाचित नेसनल डेमोक्रेटिक अलाइन्स (एनडीए)का सांसदहरूको बैठक शुक्रबार भएको हो । सो बैठकले प्रधानमन्त्री मोदीलाई एनडीए नेतामा सर्वसम्मत रूपमा चयन गरेको थियो ।  

सो बैठकमा तेलुगु देशम पार्टी (टीडीपी)का चन्द्रबाबु नायडू र जनता दल युनाइटेड (जेडीयू)का नेता नीतीश कुमार पनि सामेल थिए । ती दुवै प्रमुख साझेदार दलले मोदीको मन्त्रिपरिषद्‌मा राम्रो पोर्टफोलियो खोज्न सक्नेछन् । उनले आउँदो आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन् । एनडीएका लोकसभाका कुल संख्यामध्ये २९३ सिटमा विजय हासिल गरेको छ ।  

स्रोतलाई उद्धृत गर्दै एनडीटीभीले जनाएअनुसार नायडूको पार्टीले संसद्को सभामुखदेखि विभिन्न पाँच वटा पोर्टफोलियो मन्त्रिपरिषद्‌मा खोजेको छ । त्यस्तै, नीतीश कुमारको पार्टीले दुई महत्त्वपूर्ण पोर्टफोलियो खोजेको छ । जसमा रेलवेज र ग्रामीण विकास हुन् । चन्द्रबाबु र नीतीश कुमार गठबन्धन मामिलामा खारिएका नेता मानिन्छन् ।

तर, भाजपाले क्याबिनेट कमिटी अन सेक्युरिटीअन्तर्गत पर्ने रक्षा, अर्थ, गृह तथा विदेश मन्त्रालय अरुलाई नदिने मनस्थिति बनाएको बुझिएको छ । यसैगरी भाजपाले पूर्वाधार, सडक र रेलवेसम्बन्धी पूर्वाधार विकाससँग जोडिएका मन्त्रालय पनि छोड्न चाहेको छैन । एजेन्सी

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro