site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तासमीकरण भत्किए राम्रो हुनेवाला छैन : ओली 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तासमीकरण भत्किए राम्रो नहुने बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा समीकरण भत्किन नदिने बताए । 

“यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । नराम्रै हुनेवाला छ । त्यसकारण यो समीकरण भत्किँदैन भत्किन दिइँदैन,” ओलीले भने । 

Dabur Nepal
NIC Asia

उनले कुनै दलसँग बहुमत नहुँदा अस्थिरता जन्मिएको बताए । “राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष हो । बहुमत कही पनि कसैको पनि नहुनु,” उनले भने, “त्यसले अस्थिरताको खेती गर्छ । अस्थिरता जन्माउँछ । यो स्थितिमा कोही पनि रमाउने होइन ।” 

अस्थिरतामा नखेल्न उनको आग्रह छ । उनले बजेटमा असन्तुष्टि नरहेको बताए । “राम्रो हुनुपर्छ । अझै राम्रो बनाउनुपर्छ भन्दा असन्तुष्टि होइन । त्यो ठिकै हो,” ओलीले भने । ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिबारे स्पष्टीकरण  पनि दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu