काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो पनि उच्च मूल्यको रेकर्ड थियो । शुक्रबार उक्त मूल्यको रेकर्ड तोडिएको छ ।
महासंघका अनुसार, बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।