site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलका प्रधानमन्त्रीले अमेरिकी संसद्लाई सम्बोधन गर्ने 
Tiktok banner adTiktok banner ad

जेरूसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आउँदो जुलाई २४ मा अमेरिकी संसद्लाई सम्बोधन गर्ने भएका छन् । इजरायल–गाजा युद्ध चलिरहेको बेलामा उनले अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ (प्रतिनिधिसभा)लाई एकैसाथ सम्बोधन गर्न लागेका हुन् ।

इजरायली प्रधानमन्त्रीको सम्बोधनका सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याट दुवै सांसदलाई निम्तो गरिएको भए पनि समय भने औपचारिक रूपमा बिहीबारसम्म नतोकिएको जनाइएको छ ।

गएको महिना अन्तर्राष्ट्रिय अदालतमा उनीसहित उनका रक्षामन्त्री योएभ गालेन्टलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गर्दै अभियोजकले निवेदन दर्ता गराएका थिए ।

नेतान्याहुले अन्तर्राष्ट्रिय अदालतको गतिविधिको आलोचना गर्र्दै लोकतान्त्रिक इजरायललाई आमहत्यारा हमाससँग तुलना गरेको भन्दै आपत्ति जनाएका थिए ।

अन्तर्राष्ट्रिय अदालतमा उनी र उनका रक्षामन्त्रीसँगै हमासलाई समेत एउटै मापदण्डमा राखेर पक्राउ पुर्जी जारी गर्न अदालतकै अभियोजकले मुद्दा दर्ता गरेपछि नेतान्याहुले त्यसरी प्रतिक्रिया जनाएका हुन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro