site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वसर्त : अध्यक्ष ढकाल
फाइल तस्बिर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्वसर्त भएको बताएका छन् । महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताएका हुन् ।

भूतप्रभावी कानुन, करका दरहरूमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजस्व पनि अपेक्षित रूपमा उठ्न नसकेको उनको भनाइ थियो ।

आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरूको उपस्थितिमा महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कको विषयमा आउन थालेको विवाद, नयाँ करका दरहरू लगायतका विषयमा सरकार संवेवदनशील हुनपर्ने बताए ।

Dabur Nepal
NIC Asia

यसैगरी, नेपालमा सयौं वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक करसम्बन्धी कानुनहरू पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा ढकालले जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटीबारे थप छलफल आवश्यक रहेको बताए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले यो विषय अन्तर्राष्ट्रियस्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरी सुधार गर्दै जानुपर्ने बताए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजस्व अनुन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताए । भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरि सहजीकरण गरिने बताए ।  

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्रमैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए । बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने भन्दै कतै समस्या भए सुधार गरिने बताए ।  

महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरूले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसँग आग्रह गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro