site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती र आरसी–३२ ‘बी’ डिभिजन लिगमा उक्लिए 

काठमाडौं । सर्लाहीको वाग्मती युवा क्लब र सुर्खेतको आरसी–३२ स्पोर्ट्स एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगबाट ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् । 

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आरसी–३२ ले रानीवन स्पोर्ट्स क्लबविरुद्ध ५–० को सहज जित निकाल्दै ‘बी’ डिभिजन लिगमा स्थान निश्चित गरेको हो । 

यसअघि लिगको पछिल्लो संस्करणमा तेस्रो बनेपछि आरसी–३२ ‘बी’ डिभिजन लिगमा उक्लिएबाट वञ्चित भएको थियो । जितसँगै शीर्ष स्थानमा उक्लिएको आरसीले १२ खेलबाट २६ अंक जोडेको छ । ११ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा रहेको वाग्मती पनि ‘बी’ डिभिजन लिगमा उक्लिएको छ । 

मंगलबार नै भएको दोस्रो खेलमा तेस्रो स्थानमा रहेको पुल्चोक स्पोर्ट्स क्लब सानेपा क्लबसँग २–१ ले पराजित भएपछि वाग्मती दुई खेलअगावै दोस्रो डिभिजन लिगमा उक्लिएको हो । लिगको उपाधि छिनोफानो भने १३औँ खेलको समाप्तिपछि मात्र हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro