राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसद्मा सांसदहरूको संख्या बढी भएको टिप्पणी गरेका छन् । निर्वाचित र समानुपातिक गरेर सांसदहरूको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको निष्कर्ष थियो ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरूलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेट लगायतका विषयमा समस्या देखिने गरेको बताए । सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ १७:४८
प्रतिक्रिया दिनुहोस्