site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसदलाई अर्थमन्त्रीको जवाफ– विद्युतीय सवारीसाधनमा लगाइएको कर व्यावहारिक 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनमा लगाइएको कर व्यावहारिक रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलका क्रममा सदस्यहरू उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले सो बताएका हुन् । 

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इन्धन आयातले भन्सारबाट चालु आर्थिक वर्षमा कम्तिमा ४० अर्ब राजस्व गुमेको उनको भनाइ छ । अर्थमन्त्री पुनले विद्युतीय सवारीसाधनको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यावहारिक रहेको बताए । उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको बताए । 

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर सुरू गरिएको जानकारी दिए । मन्त्री पुनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको जवाफ दिए । 

उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याज र स्याउलगायत फलफूलमा कर हटाइएको जानकारी दिँदै विदेशबाट आयात गर्ने वस्तुहरूमा कर कायमै रहेको बताए । 

उनले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुद बनाइने दाबी गरे । निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी सरकारले नीतिहरू अघि बढाउने उनको भनाइ छ । 

बजेटअनुसार नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति आउने जानकारी दिँदै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी र वस्तुपरक रहेको दाबी गरे । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro