site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मतगणनामा अघि देखिएका भारतीय प्रधानमन्त्री मोदीले जोगाउलान् त साख ? 

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । मतगणना मंगलबार बिहानबाट सुरू भएको हो ।भारतीय निर्वाचन आयोगका अनुसार मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिस्पर्धीभन्दा थोरै मतले अघि छन् । 

मोदीले यसपालि उत्तर प्रदेशको वाराणसीबाट उमेदवारी दिएका छन् । वाराणसीबाट उमेदवारी दिएको यो उनको तेस्रोपटक हो । पहिलोपटक मोदीले सन् २०१४ को लोकसभा निर्वाचनमा वाराणसीबाट उमेदवारी दिएका थिए । उक्त निर्वाचनमा उनले हाल दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेका थिए । 

Dabur Nepal
NIC Asia

निर्वाचनमा खसेकोमध्ये ५६.३७ प्रतिशत मत मोदीले पाएका थिए । सन् २०१४ को निर्वाचनमा मोदीले पाँच लाख ८१ हजार २२ मत ल्याएर विजयी भएका थिए । सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा मोदीले पुनः वाराणसीबाट उमेदावरी दिएका थिए । उक्त निर्वाचनमा उनले मत बढाएर ६३.६२ प्रतिशत प्राप्त गरेका थिए । 

सन् २०१४ को तुलनामा सन् २०१९ को निर्वाचनमा मोदीले एक लाखभन्दा बढी मत प्राप्त गरेका थिए । सन् २०१९ को लोकसभा निर्वाचनमा मोदी ६ लाख ७४ हजार ६६४ मत ल्याएर विजयी भएका थिए । भारतमा सन् २०२४ अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौं भारतीय जनताले मतदान गरेका थिए । निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरू भएको छ ।

भारतीय मिडियाका अनुसार भारतीय प्रधानमन्त्री मोदी थोरे मतान्तरले मात्र प्रतिस्पर्धी उमेदवार कांग्रेसका अजय रायभन्दा अगाडि छन् । अजयभन्दा मोदी ४९ हजार ८५९ मतले अगाडि छन् ।

सन् २०१४ को निर्वाचनमा भन्दा सन् २०१९ को चुनावमा बढी मत पाएका मोदीको मत यसपटक घट्ने वा बढ्ने हो धेरैले चासोका साथ हेरेका छन् । तर, प्रारम्भिक मतपरिणामले मोदीलाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro