site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंका मेयर बालेनलाई काम गर्न दिनुपर्छ : चन्द्र भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को काममा अवरोध गर्न नहुने बताएका छन् । 

एमाले र अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं को न्युरोडस्थित सडकपेटी विस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताएका हुन् । सांसद भण्डारीले गिरीबन्धु टी–स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

उनले भने, ‘गिरीबन्धु कसले गर्‍यो ? यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरूको कारणले धेरै नेपालीहरू ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन् । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र, गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ । दोस्रो कुरा जुन बालेनहरू नयाँ जेनेरेसन आएका छन् । उसलाई केही गरौँ भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ ।

सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्