site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद ढकालको प्रश्न– मेरो १० बुँदे सुझाव कहाँ छ मन्त्रीज्यू ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेटप्रति आफ्नो समर्थन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा सांसद ढकालले आफू सत्तापक्ष नै भए पनि जनताको आवाज बोल्ने र यथार्थ कुरा भन्ने बताएका छन् ।

उनले अर्थमन्त्रीले ऋण लिएर बजेट पूर्ति गर्ने योजना बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यो बजेट पहिले जसरी प्रस्तुत हुन्थ्यो त्यसरी नै आएको उनको भनाइ छ । “यो ७३ पेजको ०८१/०८२ को बजेट पनि यथास्थितिवादको निरन्तरता छ । पोहोरको जस्तै छ । अर्थमन्त्रीज्यू, पोहोरको जस्तै छ है, परारको जस्तै छ,” उनले भने, “झन परारको जस्तै छ । ३४ वर्षको जस्तै छ । नीति तय गर्दै गर्दा नीति बन्दै गर्दा, जब यथास्थितिको शैली र स्वरूपहरू परिवर्तन हुँदैन, अनि ति नीतिहरू कार्यान्वयनका लागि बन्ने बजेटहरू उस्तै हुन्छन् ।”

बजेटका विषयमा गठबन्धन दलसँग छलफल नभएको पनि उनले बताए । सांसदले दिएका सुझाव यो बजेटमा नभएको पनि उनको भनाइ छ । सत्ता र प्रतिपक्षभन्दा फरक भएर आफूले सृनात्मक सुझाव दिएको उनको भनाइ छ । “अलि बढी चासो राख्ने सेयर बजारको बारेमा मैले सुझाव लगेर बुझाएको थिएँ । काहीँ केही पनि छैन,” उनले भने, “त्यो १० बुँदा कहाँ पो हो, हुन्छ भन्नुभएको थियो, आएन केही पनि ।”

विदेशी खाद्यान्नलाई प्रतिबन्ध लगाएर स्वदेशी उत्पादन बढाउने कुरा पनि नभएको उनको भनाइ छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थिर सञ्चालनको कुनै योजना पनि नभएको सांसद ढकालले बताए ।

साढे पाँच खर्ब ऋण लिने योजना भयावह हुन सक्ने उनको भनाइ छ । तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनिरहँदा निजी क्षेत्र त्रासमा रहेको उनले बताए ।  बेरूजु एक खर्ब उठाउँछु मात्र भनेको भए दुई खर्ब ३० अर्ब मात्र आन्तरिक ऋण लिन सकिने उनको भनाइ छ । बजेटमा युवा पलायन रोक्ने कुनै योजना नरहेको पनि उनले बताए ।

अर्थमन्त्रीले बजेट संशोधन गरेर बेरूजु ५० अर्ब रुपैयाँ उठाउँछु भन्नुपर्ने उनले बताए । अहिले अर्थमन्त्रीका लागि ३४ वर्षको स्वर्णिम अवसर हुन सक्ने सांसद ढकालले बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro