राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले व्यवसायी मिनबहादुर गुरुङको प्रशंसा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले गुरुङको प्रशंसा गरेका हुन् ।
“भाटभटेनीको एउटा साहु मीनबहादुरलाई हामीले थुन्यौँ, हामीले हप्कायौँ, हामीले दप्कायौँ, अदालतबाट पनि उनले गुहार पाएनन् । उनैले एउटा हस्पिटल बनाउने भन्दा ४१ करोड दिँदै रहेछन् नि,” उनले भने ।
हारगुहार गर्दा पनि एउटा जलन हस्पिटल कसैले नबनाइदिएको भन्दै उनले धेरैसँग मुलुकप्रतिको चिन्ता नभएको टिप्पणी गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्