site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो बजेट देश र नागरिकलाई ऋणको भारी बोकाउनतर्फ केन्द्रित छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्षको बजेटले देश र जनतालाई ऋणको भार बोकाउने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै कार्कीले यो बजेटले अर्थतन्त्रलाई सकारात्मक दिशा दिन नसक्ने बताएका हुन् ।

“एक शब्दमा भन्दाखेरी यो बजेटले देश र जनतालाई विकासको तर्फ हैन, ऋणको पासोको तर्फ उन्मुख गराएको अध्ययन र निष्कर्षमा म पुगेको कुरा जानकारी गराउन चहान्छु,” उनले भने, “अर्थतन्त्र सुधारिएको छैन । सानो तिनो प्रयत्नले मात्रै यो अर्थतन्त्र गतिशील हुन सक्दैन ।”

बैंकमा पैसा थुप्रिएको भन्दै व्यवसायीले ऋण लिएर व्यवसाय गर्न उत्साहित नभएको पनि उनले बताए । बजेट भाषण सुनेर कति उद्योगीले लगानी बढाउन तयार भएको भन्ने सर्वे गर्नुपर्ने पनि उनले बताए । बजेटको आन्तरिक ऋण, वैदेशिक ऋण र वैदेशिक अनुदानको लक्ष्य सबै महत्वकांक्षी भएको पनि उनले बताए ।

“आन्तरिक ऋण बढी लिँदा लिक्विडिटी क्राइसेसले मुलुकमा, उद्यमीहरूमा, व्यवसायीहरूमा, निजी क्षेत्रमा यसले कुन किसिमको निराशा ल्याउन सक्छ त्यसको चर्चा मैले गरिरहनुपर्दैन,” कार्कीले भने, “२०७४ सालमा झण्डै दुई तिहाइको सरकार गठन भइसकेपछि अनियन्त्रित रूपमा बढेको ऋण र राजस्वमा आएको कमीले गर्दाखेरी अर्थतन्त्र दिनदिनै संकटउन्मुख दिशातर्फ गएको छ । तर, यो संकटलाई अर्थमन्त्रीले नियाल्न सकेको देखिएन ।”

बजेटमा मुलुकको सुधारको आवश्यकतालाई चित्रण गर्न खोजिएको पनि उनले बताए । तर, राजस्वको अनुमानलाई हलुका रूपमा राखिएको पनि उनले टिप्पणी गरे ।

बजेटले मुलुकको मार्गचित्र कोर्नुपर्नेमा त्यो नभएको पनि उनले बताए । नेताको स्वविवेकमा आयोजना राखिएको पनि उनले बताए । पुँजीगत खर्च बढाउने योजना नभएको पनि उनले बताए । पुँजीगत खर्च बढाउने ठोस योजना नभएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro