site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट गफ होइन यथार्थपरक पनि भएन, राखिएको राजस्व टार्गेट पूरा गर्न गाह्रो छ : रघुजी पन्त 

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले राजस्वबाट उठाउन खोजिएको १४ खर्ब १९ अर्ब भएको भन्दै यति रकम उठ्न सक्नेमा आशंका व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले राजस्व उठाउन गाह्रो हुने भएकाले योजना कार्यान्वयनमा समस्या पर्ने बताए । 

उनले आन्तरिक ऋण बढी लिनु अर्थतन्त्रलाई नकारात्मक हुने टिप्पणी गरे । “बजेट व्यवहारमा जाँदा टार्गेट गरेको लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ ? त्यहाँबाट बजेटको मूल्यांकन गर्नुपर्छ । बजेटले राखेको लक्ष्य अपूरा नहुन्,” उनले भने । 

बजेट गफ मात्र नभएको भन्दै त्यसलाई रकमले पूर्ति गर्नुपर्ने भएकाले यथार्थवादी भएर बजेट ल्याउनुपर्ने उनको भनाइ छ । 

“कतिपय योजनामा बजेटको अंक छैन । बजेटमा यथार्थवादी छलफल गरौँ । उहाँ मन्त्रीजी यथार्थवादी हुन सक्नुभएन,” उनले भने, “आंकलन गरेको राजस्व संकलन हुँदैन ।”

कृषिमा लगानी दशक घोषणा गरेर कृषिमा बजेट घटाउने, महिला बालबालिका मन्त्रालयको बजेट घटाएर टार्गेटअनुसार कसरी बजेट मिलान भयो भन्दै उनले प्रश्न गरे । उनले पुँजीगत खर्चलाई पनि दूरदर्शी भएर बजेटमा हेर्न अनुरोध गरे । 

“पाँच खर्ब ८५ अर्बको बजेटको सुनिश्चितताको पत्र अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई दिएको छ । त्यसको स्रोत कसरी सुनिश्चितता भयो ? अनि योजनालाई कसरी बजेट छुट्याउने ?” उनले भने, “यसले अर्थमन्त्रालयमा भएको आर्थिक अनियमितता हो ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro