site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिडिया टाइकुन रुपर्ट मुर्डरोकले गरे ९३ वर्षमा पाँचौँ विवाह

क्यालिफोर्निया । मिडिया टाइकुन रुपर्ट मुर्डरोकले पाँचौँपटक विवाह गरेका छन् । उनले क्यालिफोर्नियामा आयोजित एक समारोहकाबीच विवाह गरेका हुन् । ९३ वर्षीय उनले गएको शनिबार नयाँ पत्नीका रूपमा ६७ वर्षीया एलिना झुकोभालाई भित्र्याएका छन् । झुकोभा अवकासप्राप्त रुसी बायोलोजिस्ट हुन् ।

उनको पूर्व प्रहरी आन लेस्ली स्मीथसँथ २०२३ अप्रिलमा सम्बन्धविच्छेदपछि झुकोभासँग डेटिङ थालेको यसअघि चर्चा भएको थियो । अष्ट्रेलियामा जन्मिएका मुर्डरोकका ६ छोराछोरी छन् । उनी फक्स न्युज, वाल स्ट्रिट जर्नल, द सन, द टाइम्सलगायत विश्वका चर्चित मिडियाका संस्थापक हुन् ।

झुकोभासँग उनको भेट पाँचमध्येकी एक पत्नी चीनमा जन्मेकी इन्टरप्रेनर वेन्दी देङले गरेको एक पार्टीमा भएको जनाइएको छ । उनका अन्य पत्नीमा अष्ट्रेलियाका फ्लाइट एटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार अन्ना मन्न र अमेरिकी मोडल तथा नायिका जेरी हल हुन् । झुकोभाको यसअघि रुसी बिलिनियर अलेक्ज्यान्डर जुकोभसँग विवाह भएको थियो । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro