site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्छ : नेता कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टीले सरकारले गरेका गल्तीहरूको उजागर गर्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरू क्रमशः हुँदै जाने बताए ।

उनले भने, "समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग थियो, पूरा भयो । समितिको काम आएपछि हामी भन्छौँ । हामीले प्रतिपक्षमा बसेर गल्ती कहाँ भएको छ, त्यसलाई औंल्याउने हो । जस्तो रवि लामिछानेको बारेमा हामीले कुरा राख्यौँ । त्यो सत्य हो की होइन भनेर त्यसको छानबिन हुँदैछ । समिति गठन भएपछि हामी चुपचाप छौँ । बजेट एक हिसाबले हेर्दा ठिकै देखिन्छ । मलाई सोध्नुहुन्छ भने मेरो क्षेत्रमा कति परेको छ, थाहा भएन । म हेर्छु अनि भन्छु ।"

उनले बजेट एक हिसाबले हेर्दा ठिक आएको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro