site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसद जबराको प्रश्न– विद्युतीय सवारीसाधनमा भन्सारदर र भ्याट किन बढाएको ?

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबराले बजेटमा विद्युतीय सवारीसाधनमा भन्सारदर र भ्याट किन बढाएको भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले ईभीको माग बढ्दा इन्धन खपत कम हुने भन्दै किन भ्याट बढाएको भनि प्रश्न गरेका हुन् ।

उनले अहिलेको बजेटले उठाउँछु भनेको राजस्व संकलन हुनेमा शंका व्यक्त गरे । बजेटले देशमा चलिआएको मन्दी सम्बोधन गर्ने आधार नदिएको उनले टिप्पणी गरे ।

कृषिमा बजेट किन घटाएको भन्दै उनले थप प्रश्न गरे । “स्टाअर्पको राम्रो कुरा आयो । यसले स्वरोजगार बढाउनेछ,” उनले भने ।

राप्रपाका महामन्त्री समेत रहेका उनले द्वन्द्वपीडितलाई व्यवस्थित गर्न ठूलो बजेट राखको भन्दै थपे, “यसमा आपत्ति हामीलाई छैन, तर पीडितको नाममा पार्टीका कार्यकर्ता पोस्ने काम गर्नु भएन । यसमा सचेत बनौँ ।”

आलु, प्याजको भ्याट घटाइए पनि यसले दीर्घकालमा असर गर्नेतर्फ जबराले ध्यानाकर्षण गराए ।

उनले भौतिक पूर्वाधारमा लगानी बढाइए पनि गौरवका आयोजनामा बजेट किन घटाइएको भन्दै प्रश्न गरे । “पुराना योजना अलपत्र छन्, नयाँ योजना सिर्जना गरेर पार लाग्ला ?,” उनले प्रश्न गरे ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro